घुस लिएको अभियोगमा चीनको फुटबल संघका पूर्वप्रमुखलाई आजीवन कारावासको सजाय

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १२ : ५१
घुस लिएको अभियोगमा चीनको फुटबल संघका पूर्वप्रमुखलाई आजीवन कारावासको सजाय

काठमाडौं। चीनको फुटबल संघ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत ज्यानुअरीमा स्वीकार गरेका थिए।फुटबल क्षेत्रमा मात्रै एक दर्जनजना भन्दा बढी प्रशिक्षक र खेलाडी अनुसन्धानको घेरामा परेका छन् ।

मध्यचीनको ह्वाङ्शी प्रान्तस्थित एउटा अदालतमा चलेको मुद्दाका क्रममा चेनले सन् २०१० देखि २०२३ को अवधिमा भ्रष्टाचार गरेको अदालतले ठहर गरेको  चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार त्यसअघि शाङ्घाई इन्टरन्याश्नल पोर्ट ग्रूपको अध्यक्ष हुँदा पनि उनी अवैध गतिविधिमा संलग्न भएको प्रमाणित भएको थियो ।

अभियोजनकर्ताहरूले विभिन्न परियोजनाको सम्झौता दिलाउन र खेलकुदका कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा दिएबापत चेनले रकम र बहुमूल्य सामग्री लिएको बताएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार अन्य तीन वरिष्ठ अधिकारी पनि भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस