काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता बितरण र नवीकरणको अभिलेख पठाउन परिपत्र जारी गरेको छ ।
पार्टी विधानको अनुसूचि ११ बमोजिम भरेको फाराम पार्टी केन्द्रीय कार्यालयमा तीन दिन भित्र पठाउन सोमबार जसपाले मातहत समितिलाई सर्कुलर गरेको हो ।
चैत्र १० गतेसम्म सदस्यताको अभिलेख पठाइसक्नु पर्ने भनिएकोमा केही प्रदेश समिति र जिल्ला समितिले ढिलाई गरेको भन्दै यथाशीघ्र अभिलेख पठाउन भनेको हो । अन्यथा आगामी महाधिवेशन प्रक्रियामा सामेल हुन बाधा पर्न जाने व्यहोरा समेत जानकारी गराएको छ ।
जसपाले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति बनाएको छ । समितिले मस्यौदा तयारीको कार्य गरिरहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता