काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता बितरण र नवीकरणको अभिलेख पठाउन परिपत्र जारी गरेको छ ।
पार्टी विधानको अनुसूचि ११ बमोजिम भरेको फाराम पार्टी केन्द्रीय कार्यालयमा तीन दिन भित्र पठाउन सोमबार जसपाले मातहत समितिलाई सर्कुलर गरेको हो ।
चैत्र १० गतेसम्म सदस्यताको अभिलेख पठाइसक्नु पर्ने भनिएकोमा केही प्रदेश समिति र जिल्ला समितिले ढिलाई गरेको भन्दै यथाशीघ्र अभिलेख पठाउन भनेको हो । अन्यथा आगामी महाधिवेशन प्रक्रियामा सामेल हुन बाधा पर्न जाने व्यहोरा समेत जानकारी गराएको छ ।
जसपाले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति बनाएको छ । समितिले मस्यौदा तयारीको कार्य गरिरहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै