अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन् : प्रधान न्यायाधीश श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, १९ चैत्र २०८०, २० : ०६
अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन् : प्रधान न्यायाधीश श्रेष्ठ

भरतपुर। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधान न्यायाधीश श्रेष्ठले पहिलाको तुलनामा अहिले अदालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताएका हुन् ।

मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको प्रधानन्यायाधीशको भनाइ थियो । अदालतमा अहिले धेरै पुराना मुद्दा नरहेको बताउँदै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको जानकारी दिए ।

‘अदालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रूपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरूमा राम्रो दृष्टिकोणले मुद्दा निरूपण भएका छन् । छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरू छैनन्, ‘उनले भने, ‘धेरै पुराना भनेको २०६७ सालका मुद्दाहरू छन् । ती मुद्दाहरूलाई हामीले पक्षबाट न्यूनीकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् ।’

अदालतहरू छिटो छरितो फैसला गर्नमा अदालतहरू प्रतिबद्ध रहेको प्रधानन्यायाधीशको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस