भरतपुर। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधान न्यायाधीश श्रेष्ठले पहिलाको तुलनामा अहिले अदालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताएका हुन् ।
मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको प्रधानन्यायाधीशको भनाइ थियो । अदालतमा अहिले धेरै पुराना मुद्दा नरहेको बताउँदै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको जानकारी दिए ।
‘अदालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रूपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरूमा राम्रो दृष्टिकोणले मुद्दा निरूपण भएका छन् । छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरू छैनन्, ‘उनले भने, ‘धेरै पुराना भनेको २०६७ सालका मुद्दाहरू छन् । ती मुद्दाहरूलाई हामीले पक्षबाट न्यूनीकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् ।’
अदालतहरू छिटो छरितो फैसला गर्नमा अदालतहरू प्रतिबद्ध रहेको प्रधानन्यायाधीशको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ चैत्र २०८०, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै