सिंगटी हाईड्रो इर्नजीको लिलामी सेयर भर्ने अन्तिम मिति चैत्र २० सम्म

सफल खबर संवाददाता

सोमबार, १९ चैत्र २०८०, ११ : १०
सिंगटी हाईड्रो इर्नजीको  लिलामी सेयर भर्ने अन्तिम मिति चैत्र २० सम्म

काठमाडौं । सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्बसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिनेको भिड लागेको छ ।

आवेदन दिने अन्तिम मिति नजिएसँगै बोलपत्र आवेदन फारम पाईने र बुझाउँने स्थानमा भिड लागेको हो ।

  सिंगटी हाईड्रो इर्नजीको सर्वसाधारण तर्फको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन चैत २० गते अर्थात आगामि हप्ताको मंगलबार  रहेको छ । कम्पनीले चैत १२गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ ।

ईच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि
आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस