काठमाडौं। सहकारीको पैसा हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरूले कटाक्ष गरेका छन्। आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद शान्ति विकले अपराधमा छानबिन गर्ने गृहमन्त्री नै अपराधमा संलग्न रहेको आरोप लगाइन् ।
‘नेपालले शक्तिशाली माछा उत्पादन गरेको रहेछ । किलोका किलोको सुन पचाउने, सहकारीमा ज्याला मजदुरी गरेको रकम पनि माछाले निल्न छाडेन,’ उनले भनिन्, ‘अहिले बजार हल्ला छ– कांग्रेसले प्रधानमन्त्री अफर गर्यो रे ! केन्द्रीय समितिबाट हो कि प्रदाधिकारीबाट निर्णय भएको होला ?’
कांग्रेसकै सांसद सीता मीजारले गृहमन्त्रीमाथि लागेको आरोपमा उन्मुक्ति दिन खोजिएको भन्दै प्रश्न गरिन्–‘सहकारी ठगी प्रकरणमा जीबी राई कहिले पक्राउ पर्छन् ? गृहमन्त्रीमाथि लागेको आरोपबारे छानबिनको दायरामा आउनु पर्दैन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन’ : रवि लामिछाने
रवि लामिछानेले बोलाए सचिवालय बैठक
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा आज सुनुवाइ हुँदै
औपचारिक कागजात तथा पहिचानसम्बन्धी सामग्रीमा एकरूपता कायम गर्न रवि लामिछानेको निर्देशन
रवि लामिछानेलाई सुकुम्वासी मोर्चाको ४ बुँदे मागपत्र