चितवन । बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दबाब आएको खुलासा गरेका छन् ।
चितवनको सौरहामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरूबाट दबाब आएको उल्लेख गरे ।
गत फागुन २३ गते नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दबाब आएको तर आफू उक्त दबाबबाट प्रभावित नहुने उनको भनाइ रहेको छ ।
सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भूमिकामा मात्र रहेको उनले स्पष्ट पारे । उनले भने,‘मलाई सभामुख बनाउने पार्टीबाट दबाब आए पनि म त्यो मान्दिन । म खेलाडी हैन रेफ्री हुँ । म निष्पक्ष ढंगबाट बैठक अगाडि बढाउँछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !