आयरल्याण्ड ए विरुद्ध नेपाल ए का सागर ढकालले लिए ३ विकेट

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १४ : १९
आयरल्याण्ड ए विरुद्ध नेपाल ए का सागर ढकालले लिए ३ विकेट

काठमाडौं । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल एका सागर ढकालले ३ विकेट लिएका छन् । टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए का जेम्स म्याकुलम, रस आदिर र स्टिफन डोहेनीलाई आउट गरेका हुन् ।

सागरले पहिलो विकेट ३.५ औं ओभरमा जेम्स म्याकुलमको लिए र त्यस्तै ६.२ औं ओभरमा रस आदिरलाई आउट गरे । तेस्रो विकेटका रुपमा उनले ८.१ औं ओभरमा स्टिफन डोहेनीलाई आउट गरेका छन् ।

त्यस्तै ८.३ औं घरमा पिटर मुर पनि सागर ढकालकै बलमा रनआउट भएका छन् । सागरले ३ ओभर बलिङ गर्दा १५ रन खर्चेर ३ विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ए ले नवौं ओभरको खेल सकिँदा ४ विकेट गुमार ६८ रन बनाएको छ । यसअघि शुक्रबार भएको अभ्यास खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस