काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेता शुक्रवार काठमाडौं बाहिर पुगेका छन् ।निर्माण व्यवसायी महासंघको कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती प्रदेशको राजधानी हेटौडा पुगेका छन् । शुक्रवार बिहान हेटौडा पुगेका प्रचण्ड माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार दाङ पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक आवरण गर्न देउवा शुक्रवार दाङ पुगेका हुन् । कांग्रेस महामन्त्री संवाद यात्राका क्रममा शुक्रवार कपिलवस्तुमा छन् ।
सभापति एवं गृहमन्त्री रवि लामिछाने लगायत रास्वपाका नेताहरू शुक्रवार इलाम पुगेका छन् । इलाम २ को उम्मेदवार घोषणा कार्यक्रममा सहभागी हुन लामिछाने शुक्रवार त्यसतर्फ गएका हुन् ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि शुक्रवार इलाम पुग्दैछन् । इलाम महोत्सवमा सहभागी हुन भट्टराईसहितका नेता इलाम जान लागेका हुन् ।
प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीवार झापा पुगेका थिए । एमालेको जिल्ला अधिवेशन उद्घाटनका लागि झापा पुगेका ओली त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
संसदको बैठक लामो समय स्थगित भएपछि नेताहरू काठमाडौं बाहिरका कार्यक्रममा सहभागी भएका हुन् ।११ दिनको स्थगनपछि प्रतिनिधि सभा बैठक १७ गते आइतवार बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
सिंहदरवारमा तीन दलका शीर्ष नेताको बैठक जारी
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल जारी