काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेता शुक्रवार काठमाडौं बाहिर पुगेका छन् ।निर्माण व्यवसायी महासंघको कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती प्रदेशको राजधानी हेटौडा पुगेका छन् । शुक्रवार बिहान हेटौडा पुगेका प्रचण्ड माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार दाङ पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक आवरण गर्न देउवा शुक्रवार दाङ पुगेका हुन् । कांग्रेस महामन्त्री संवाद यात्राका क्रममा शुक्रवार कपिलवस्तुमा छन् ।
सभापति एवं गृहमन्त्री रवि लामिछाने लगायत रास्वपाका नेताहरू शुक्रवार इलाम पुगेका छन् । इलाम २ को उम्मेदवार घोषणा कार्यक्रममा सहभागी हुन लामिछाने शुक्रवार त्यसतर्फ गएका हुन् ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि शुक्रवार इलाम पुग्दैछन् । इलाम महोत्सवमा सहभागी हुन भट्टराईसहितका नेता इलाम जान लागेका हुन् ।
प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीवार झापा पुगेका थिए । एमालेको जिल्ला अधिवेशन उद्घाटनका लागि झापा पुगेका ओली त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
संसदको बैठक लामो समय स्थगित भएपछि नेताहरू काठमाडौं बाहिरका कार्यक्रममा सहभागी भएका हुन् ।११ दिनको स्थगनपछि प्रतिनिधि सभा बैठक १७ गते आइतवार बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
सिंहदरवारमा तीन दलका शीर्ष नेताको बैठक जारी
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल जारी
भूमि अध्यादेश अस्वीकार गरेका उपेन्द्र यादवलाई बालुवाटार बैठकबाट फोन
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति