काठमाडौ । सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवा समितिको सचिवालयले एसएसपी दीपक अधिकारीलाई डीआइजी बढुवामा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)
सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर
सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा