सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १४ चैत्र २०८०, ११ : २२
सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं। सुन तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो । भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस