काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नवीन्द्रराज जोशीको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ सालमा गुमेको प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि जोशीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
“पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि नेपाल विद्यार्थी सङ्घमा रहेर जोशीले गरेको योगदान महत्त्वपूर्ण छ, उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ढङ्गले लाग्ने व्यक्ति हुनुहुन्थ्यो,” नेता सिंहले भने ।
जोशीले उद्योगमन्त्री भएको बेलामा आफ्नो क्षेत्र र देशको हितमा गरेको काम सदा स्मरणीय रहने नेता सिंहले उल्लेख गरे । “जोशी कांग्रेसमा रहेर विचार प्रदान गर्नुहुन्थ्यो, उहाँ कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति हुनुहुन्थ्यो,” नेता सिंहले भने । जोशी लौहपुरुष गणेशमान सिंहको सच्चा अनुयायी भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ चैत्र २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस पछि हट्दैन : नेता सिंह
जिम्मेवारीबाट भागेर प्रवृत्तिबारे कांग्रेस सचेत हुनुपर्छ : नेता सिंह
राजनीतिक प्रणाली ठिक ठाउँमा ल्याउनुपर्छ : प्रकाशमान सिंह
संघीयता लागू गर्न काँग्रेसले काम गर्नुपर्ने आवश्यकता छ : नेता सिंह
राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैन : प्रकाशमान सिंह
प्राप्त व्यवस्थालाई संस्थागत गर्न राजनीतिक दलहरु सचेत हुनुपर्छ : नेता सिंह