काठमाडौँ । नेपाल प्रहरीले सम्पर्कबिहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेको हो ।
तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।
सम्पर्कबिहीन हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान