टी–२० क्रिकेट

आयरल्याण्ड ए विरुद्ध नेपालले पायो १२२ रनको लक्ष्य

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १५ : ०३
आयरल्याण्ड ए विरुद्ध नेपालले पायो १२२ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस