बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै दाङमा राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १२ : १२
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै दाङमा राजमार्ग अवरुद्ध

दाङ। दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बाल्दै प्रदर्शनमा उत्रिएका हुन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ८ जहरेचोकमा स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।राजमार्ग खुलाउने प्रयासमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस