नैतिकतामाथि प्रश्न उठेपछि कथाबाचक शीतलकृष्ण महाराजले दिए यस्तो प्रस्टीकरण

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, ०८ : ०९
नैतिकतामाथि प्रश्न उठेपछि कथाबाचक शीतलकृष्ण महाराजले दिए यस्तो प्रस्टीकरण

काठमाडौ । यतिबेला सामाजिक सञ्जलाहरुमा कथावाचक शीतलकृष्ण महाराजलाई जोडेर भिडियो क्लिप्सहरु बाहिरिएका छन् । उक्त भिडियोमा उनकै श्रीमतीले महाराजको नैतिकतामाथि प्रश्न उठाएको सुनन्छि । 
कथाबाचक शीतलकृष्णविरुद्ध श्रीमती सुकृति पौडेल भुसालले केही दिनअघि पत्रकार सम्मेलन नै गरेकी थियो । 
यो विषय समाजिक सञ्जालमा भाइरल बन्दै गएपछि शीतलकृष्णले आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

उनले करिब ९ महिना अघि आफू र आफ्नो श्रीमतीको आचारण र विचार नमिलेपछि श्रीमतीकै हितका लागि जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको एक विभियो सन्देशमा बताएका छन् ।

शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने मोड आएको बताउँदै संसारलाई मातापिताको उपदेश दिँदै आएको आफूले मातापिताको सेवा गर्ने बाटो रोजेको दाबी गरेका छन् ।

आफूले गृहस्थी चलाउन नसकेकोप्रति भूल भएको भन्दै उनले क्षमा समेत मागेका छन् । 

उनले सामाजिक सञ्जालमा राखेको भिडियो सन्देशमा भनेका छन, ‘केही दिनअघि श्रीमतीजीले पत्रकार सम्मेलनमा रिस र आवेगमा आएर लगाएका आरोप निराधार र सत्य नभएको यहाँहरु सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि अदालतको अन्तिम फैसलाको प्रतिक्षामा रहेकोले यसप्रति अन्य टिकाटिप्पणी नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै भक्त सज्जनहरुलाई धैर्य गर्न पनि निवेदन गर्दछु ।’

प्रतिक्रिया दिनुहोस