सुन तस्करी प्रकरण

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १३ : ५६
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको पुष्टि गरे । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

प्रतिक्रिया दिनुहोस