उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १२ : १५
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं। आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आँशिकदेखि साधारणतया बदली रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।उनका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका क्षेत्रमा बादल लागे पनि पानी पर्ने सम्भावना न्यून छ ।

काठमाडौंको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता चार किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम ११ दशमलव  ७ डिग्री सेन्डिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताइन् ।

यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस