पदाधिकारी नै तस्करीमा लिप्त भएको भन्दै माओवादी केन्द्रीय सदस्यले दिए राजीनामा

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १० : ५०
पदाधिकारी नै तस्करीमा लिप्त भएको भन्दै माओवादी केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीबाट राजीनामा दिएका छन्। 

माओवादी पार्टीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले पार्टीका नेताको गतिविधि हेर्दा आकाश–पातालको भिन्नता देखिएको भन्दै शर्माले पार्टी छाडेका हुन्।  

‘महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन, १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महसुस गरेको छु’, ‘माओवादी पार्टी गुटैगुटको महासंघमा रूपान्तरण हुनु! १० वर्षे जनयुद्धको दौरान आफैँले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेशविपरीत सरकारमा रहनकै लागि पटकपटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरताको अँध्यारो दिशातर्फ धकेलेको महसुस गरेको छु। यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन।’

प्रतिक्रिया दिनुहोस