डढेलोमा परेर बाबु-छोरीको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, ०९ : ०३
डढेलोमा परेर बाबु-छोरीको मृत्यु

कालीकोट । कालीकोटको खाडाचक्र-५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।

स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

प्रहरीका अनुसार चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । 

उनीहरूलाई उपचारका क्रममा ज्यान गएको हो । छोरीको चैत ४ गते र बुवाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस