काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । काठमाडौँमा संसदीय दलको बैठक सुरु भएको हो ।माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा प्रदेश सुशासन केन्द्र जावलाखेल ललितपुरमा बैठक सुरु हो ।
समसामयिक राजनीति, सरकारको नेतृत्व र भागबन्डामा विषयमा बैठकले रणनीति तयार गर्ने जनाइएको छ । बैठकमा विगतमा सरकारले गरेका काम, संसदीय दलको भूमिकाका विषयमा सांसदहरूले धारणा राख्ने कार्य योजना रहेको छ ।
बैठकमा संसदीय दलको नेता एवम् प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मुख्यमन्त्री जम्कट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकाल, प्रदेशका आन्तरिक मामिला मन्त्री एवम् नेपाल समाजवादी पार्टीका नेता गङ्गानारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष एवम् प्रदेश सांसद सरल सहयात्रीसहित सांसदहरूको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि