ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन्।
मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन्।
जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी