टोकियो । जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । बैंक अफ जापान (बीओजे)ले मंगलबार प्रमुख ब्याजदर माइनस शून्य दशमलव १ प्रतिशतबाट बढाएर शून्य प्रतिशतदेखि शून्य दशमलव १ प्रतिशतको बीचमा उकालेको छ । उपभोक्ता मूल्यमा आधारित महँगी बढिरहँदा देशभरमा धमाधम तलब वृद्धि भइरहँदा ब्याजदर वृद्धि गरिएको हो ।
सन् २०१६ मा बैंकले स्थिर बनेको अर्थतन्त्रलाई टेवा दिन ब्याजदर घटाएर शून्यभन्दा तल झारेको थियो । ऋणात्मक ब्याजदर हुने जापान विश्वको एक मात्रै देश थियो । अब कुनै पनि देशमा ब्याजदर ऋणात्मक स्तरमा छैन ।
बीओजेले प्रतिफल वक्र नियन्त्रण (वाईसीसी)को नीति पनि त्यागेको छ । यसमा ब्याजदर नियन्त्रण गर्न बीओजेले जापान सरकारले जारी गर्ने ऋणपत्र किन्ने गरेको थियो । यो नीति सन् २०१६ देखि लागू भएको थियो ।
गएको वर्षको अप्रिलमा काजुओ उएदा बीओजे गभर्नर बनेयता नै ब्याजदर बढ्ने अनुमान बढेको थियो । उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति केन्द्रीय बैंकको २ प्रतिशतको लक्ष्यमा आएकै बेलामा ब्याजदर वृद्धिको खबर आएको हो ।
यो महिनाको सुरुमा जापानका ठुला कम्पनीहरूले ५ दशमलव २८ प्रतिशतले कर्मचारीका तलब बढाउन सहमति गरेका थिए । यो वृद्धि तीन दशकभन्दा बढी समययताकै धेरै थियो ।ब्याजदर शून्य भन्दा पनि तल झर्नुलाई ऋणात्मक ब्याजदर भनिन्छ । ब्याजदर ऋणात्मक हुँदा बैंकले ऋणीहरूलाई उल्टै पैसा दिएर ऋण दिन्छ भने निक्षेपकर्ताहरुले बचत गरेको पैसामा ब्याज पाउँदैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानको चर्चित प्रविधि ‘कुमोन सिकाइ विधि’ नेपालमा
जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प
रुसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापानको प्रतिक्रिया– गम्भीर रूपमा लिएका छौँ
जापानमा जन्मदर घटेर कीर्तिमानी न्यून बिन्दुमा
जापानका अनुसन्धानकर्ताले बनाए विश्वकै पहिलो काठको उपग्रह
हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री योको