विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेका सामाजिक विभेद हटाउन सबै लाग्नुपर्ने बताएका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपाल (रिडेप)द्वारा आज विराटनगरमा ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आयोजित दुईदिने दलित जनप्रतिनिधिको तेस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको मर्मअनुसार समाजमा हुने भेदभाव, छुवाछूत हटाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले कानुन भनेको समाजमा पछाडि परेका समुदायको उत्थानका लागि बनाइएको नियम र आचारसंहिता भएको चर्चा गर्दै आगामी प्रदेशसभाको वर्षे बैठकमा दलित सशक्तीकरण विधेयक ल्याउने जानकारी दिए ।
परिवारका सदस्यको व्यावहारिक मिलन गराउनु नै दलित आन्दोलनको मुख्य उद्देश्य रहेको विचार राख्दै जनप्रतिनिधिहरुले सबै जात एवं समुदायको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले श्रमको सम्मानबाट मुलुकमा समृद्धि आउने चर्चा गर्दै कामका आधारमा कोही कसैलाई हेयको दृष्टिले हेर्न एवं सम्बोधन गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मुलुकलाई द्वन्द्वतर्फ लैजान, प्रतिशोध पूर्ण गतिविधि गर्नु गलत हो’ : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता
मुख्यमन्त्री कार्कीले भने-‘शिक्षकहरूको सेवा-सुविधा र शैक्षिक सवालमा छुट्टाछुट्टै कानून आवश्यक’
मुख्यमन्त्री कार्की र राष्ट्रसङ्घ खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधिबिच भेटवार्ता
मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट