उदयपुर। उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–३ भोर्लेनीको नवउदय सामुदायिक वनमा शनिवार आगलागी भएको थियो ।उक्त आगो भोर्लेनी गाउँमा प्रवेश गर्दा तीन घर र तीन गोठ जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिवार नवउदय सामुदायिक वनमा लागेको आगो नजिकैको गाउँमा हावा हुरीले ल्याएपछि भोर्लेनीका गाउन राई, मनकुमारी राई, जगतबहादुर राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको तीन घर र तीन गोठ जलेर नष्ट भएको छ ।
आगलागीका कारण घरमा भएका सबै अन्न, लत्ताकपडा र नगदसहित सुनचाँदी सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।उनका अनुसार आगलागीबाट करिब ४६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
सामुदायिक वनको आगो गाउँमा प्रवेश गरेपछि प्रहरीको टोली र स्थानीयवासी मिलेर शनिवार रातिसम्ममा आगो नियन्त्रणमा लिइएको प्रनाउ चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी