काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग विश्वासको मत मागेका छन् । मुख्यमन्त्री जम्कट्टेल, बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग भक्तपुरमा भेटेर सरकार गठनमा सघाउन अनुरोध गरेका हुन् ।
नेता गोसाईंले नेमकिपासँग मुख्यमन्त्रीले विश्वासको मत मागेको बताए । तर आफूले विगतका राजनीतिक घटना सम्झाएर सुझाव दिएको उनले जानकारी दिए । गोसाईंले दुरदर्शी ढंगमा सरकारले काम गर्ने एजेण्डा ल्याए विश्वासको मतबारे सोच्न सकिने बताए । नेमकिपा योजना र बजेटमा केन्द्रित भएर बार्गेनिङमा नलाग्ने पनि उनले बताए ।
नयाँ सत्ता समीकरण बनेपछि २३ फागुनमा नेपाली काँग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि जम्कट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ ।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ । तर वर्तमान सत्ता गठबन्धनको नेकपा एमालेसँग २७, माओवादीसँग २१ र नेकपा (एकीकृत समाजवादी)को ७ गरेर जम्मा ५५ सिट पुग्छ । यो समीकरणमा बहुमतका लागि नेमकिपाको ३ वा हाम्रो नेपाली पार्टीको २ मत निर्णायक छ । बागमतीमा राप्रपाको सभामुखबाहेक १२ मत छ । प्रदेश सभामा काँग्रेसका ३७ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट