ट्राफिक प्रहरीको लापसे चेकिङमा ४ जना चालक नियन्त्रणमा

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, ०७ : ३४
ट्राफिक प्रहरीको लापसे चेकिङमा ४ जना चालक नियन्त्रणमा

काठमाडौँ । लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई काठमाडौंको नागढुङ्गाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका ३ का २५ वर्षीय सागर दर्जी, प्रदेश १-०१-००१ ख ४३ ४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४३ वर्षीय भोला चिमरिया, बागमती प्रदेश ०३ ००१ ख १९ ९५ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १० का २४ वर्षीय प्रविण ठकुरी र ना ७ ख ९५ ८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १० का २५ वर्षीय निलकण्ठ थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस