गोदार (धनुषा) । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.अङ्कुरप्रसाद साह नियुक्त भएका छन् । सहकुलपति एवं प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा.साहलाई उपकुलपतिमा नियुक्त गरेका छन् ।
स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा.साहको नाम एक नम्बरमा सिफारिस गरेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा.साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो । रिक्त रहेको पदमा उपकुलपति नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।
मन्त्रालयका अनुसार उपकुलपतिका लागि डा रमेशप्रसाद सिंह(सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा पशुपति चौधरी (सुनसरी), डा.राजेन्द्रप्रसाद साह (पर्सा), डा.गौरीशङ्कर साह (सुनसरी), डा.विद्यानाथ यादव (सप्तरी), डा.रोहितप्रसाद यादव(रौतहट), डा अङ्कुरप्रसाद साह (धनुषा) र डा.सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै
मधेस प्रदेश सरकार गठनविरुद्ध आज पनि ७ दलको धर्ना