विदेश पलायन भएका खेलाडी फर्काउने तयारी के हुँदै छ : अशिम शाह

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १२ : ५०
विदेश पलायन भएका खेलाडी फर्काउने तयारी के हुँदै छ : अशिम शाह

काठमाडौं । रास्वपा सांसद अशिम शाहले आफूहरूको आसन परिवर्तन भए पनि भाषण परिवर्तन नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै हिजो प्रतिपक्षमा रहेका आफूहरू आज सत्तापक्षमा आइसकेको बताए ।

उनले भने- हाम्रो आसनहरू परिवर्तन भए पनि हाम्रो भाषण परिवर्तन हुने छैन । चाहे सत्तापक्ष रहौँ या प्रतिपक्षमा, हामी जनताको पक्षमा आवाज नै उठाइरहने छौँ । उत्तर दिने ठाउँमा हाम्रै साथीहरू भए पनि हामी निरन्तर खबरदारी गर्ने नै छौं । प्रतिपक्षले पनि गर्नुहोला तर मर्यादित रूपमा ।

उनले खेलकुद मन्त्रीलाई अन्तर्राष्ट्रिय फुटबलको बहानामा विदेश गएका खेलाडी बाहेकका एन्फा पदाधिकारीलाई कारबाहीको निर्देशन दिएकोमा धन्यवाद दिए ।

उनले प्रश्न गर्दै भने- दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको पछाडि कसको कमजोरी भयो ? टियु क्रिकेट ग्राउन्डमा फ्लड लाइट र स्कोर र्बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन हुँदै गएकोमा उनीहरूलाई रोक्ने फर्काउने तयारी के हुँदै छ ?

संसारमा खेलकुदले फड्को मारी सक्दा पनि देशको खेलकुदलाई पनि अगाडि लान ढिला गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस