काठमाडौ । कुवेतमा एउटै कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ।
मंगलबार (मार्च १२) मा कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको दुर्घटनास्थलमै निधन भएको हो।
नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लका अनुसार दुर्घटनामा लयती पञ्चदेवल विनायक-५, अछामका सुरतबहादुर कठायत, नागार्जुन-२, काठमाडौँका सुजन कार्की र वेंगाडावर-३, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो। तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे।
स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते