कुवेतमा एकैपटक ३ सय भन्दा बढी नेपाली नर्स माग

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १३ : ०२
कुवेतमा एकैपटक ३ सय भन्दा बढी नेपाली नर्स माग

काठमाडौँ । कुवेतको एक कम्पनीले तीन सय जना नेपाली नर्स माग गरेको छ । सिटी ग्रुप अफ कम्पनिज कुवेतले नेपालबाट महिला र पुरुष गरी बिएस्सी नर्सिङ र डिप्लोमा गरेका ३ सय जना नर्स लिन लागेको हो ।

द रिभर ओभरसिजमार्फत ती नर्स सो कम्पनीले कुवेतका अस्पतालमा काम गर्न लैजाने भएको हो । बिएस्सी नर्सिङले खानासहित नेपाली डेढ लाख रुपैयाँ तलब पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै डिप्लोमा नर्सिङले खानासहित एक लाख २० हजारमाथि तलब पाउनेछन् । द रिभर ओभरसिजले प्रि अन्तर्वार्ता सुरु भइसकेको र अन्तिम अन्तर्वार्ता मार्च १४ देखि सम्बन्धित कम्पनीले लिने जनाएको छ । नेपालबाट ठुलो सङ्ख्यामा नर्सहरू लैजाने यो कुवेतको पहिलो कम्पनी हो ।

 

प्रतिक्रिया दिनुहोस