काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । १७ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा एनआइसी एसिया बैंकले भने ब्याजदर बढाएको छ ।
एनआइसीले मुद्दती निक्षेपको ब्याजदर चैतमा ८.५४ प्रतिशत दिने जनाएको छ । यसले फागुनमा अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो । यता ग्लोबल आइएमई र प्रभु बैंकले ब्याजदर यथावत् छ । फागुनमा बैंकहरुको ब्याजदर औसतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ ।
पछिल्ला महिनाहरूमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । बैंकमा अधिक तरलता हुँदा बैंकहरुलाई व्यवस्थापन गर्न सकस परिरहेको छ ।अधिक लगानी योग्य रकम भए पनि ऋणको माग नहुँदा सस्तो ब्याजदरमा केन्द्रीय बैंकमा पैसा राख्न बैंकहरु बाध्य छन् ।
बैंकर्सहरु निक्षेपको ब्याजदर निकै तल आएकाले निक्षेपकर्ता पनि मर्कामा परेको स्विकार्छन् । नयाँ अर्थमन्त्री र गभर्नरले बैंकको अहिलेको समस्या समाधानमा पहल गर्ने आस उनीहरूको छ ।
कुन बैंकको कति छ ब्याजदर ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुँदै
सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?
पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
६२.०८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति
वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा