लुम्बिनी प्रदेशका पूर्वप्रमुखको निधन

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, ०८ : ५१
लुम्बिनी प्रदेशका पूर्वप्रमुखको निधन

बुटवल । लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवको ८० वर्षको उमेरमा निधन भएको छ।

सिरहाको सुखिपुर नगरपालिका ६ निवासी यादवको ८० वर्षको उमेरमा मंगलबार घरमै निधन भएको हो। यादवको दाहसंस्कार आज गरिने पारिवारिक स्रोतले जनाएको छ। 

यादव २०७६ साल कात्तिक १८ गते एमालेको तर्फबाट लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। यादव पुराना कम्युनिस्ट नेता मानिन्छन्।

यादवले शिक्षकबाट राजीनामा दिएर २०४८ सालबाट एमालेको राजनीति सुरु गरेका थिए। 

लामो समयदेखि विभिन्न रोगबाट पीडित यादव केही समययता प्यारालाइसिसबाट थलिएका थिए। उनी छोरा बुहारीसँगै सिराहाको गोलबजार नगरपालिका ६ मा बस्दै आएका थिए। 

यादव २०३७ सालमा ३ महिना जेल परेका थिए। सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई तत्कालीन पञ्चायती सरकारले जेल हालेको थियो। 

प्रतिक्रिया दिनुहोस