मकवानपुर । बागमती प्रदेशसभा बैठक बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्नेछ ।
प्रदेशसभा सचिवालय हेटौँडाका सभाका सचिव कृष्णहरि खड्काका अनुसार बैठकमा शून्य समयको कार्यसूची रहेको छ भने विशेष समितिको प्रतिवेदन माथि सभामा छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
बैठकको शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन् भने त्यस पछि आर्थिक वर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
यसअघि हिजो मंगलबार प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित गरिएको थियो । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले समितिको प्रतिवेदन पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक आजदेखि नयाँ भवनमा
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभामा बैठक बस्दै