एमाले संसदीय दलको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १५ : ०९
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिने सन्दर्भमा एमालेले दलको बैठक बोलाएको बर्तौलाको भनाइ छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्दैछ ।

स्रोतका अनुसार दलको बैठकमा एमाले अध्यक्ष समेत रहेका दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न ह्वीप लगाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस