काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ। सोमबार दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने रास्वपाले जनाएको छ।
बैठकमा आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनबारे छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए।
आजको बैठकबाट रास्वपाले इलाम–२ को निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार तय गर्ने अपेक्षा गरिएको छ।
रास्वपाले इलाम–२ को निर्वाचनका लागि तयारी थालिसकेको छ। इलाम–२ मा रास्वपाले चुनावी कमाण्डर पनि खटाइसकेको छ। त्यहाँ पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी खटिएका छन्।
यस्तै, रास्वपाले ६ जना सांसदलाई इलाम पठाएर जनभावना बुझ्ने काम गरेको थियो। सांसदहरूले बुझेर ल्याएको जनभावनाको ‘सर्भे’बारे पार्टी बैठकमा छलफल हुने ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति