काठमाडौं । आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न नेपाली कांग्रेसले राखेको प्रस्ताव अस्वीकृत भएको छ ।
आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको (सर्वदलीय) बैठकमा राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केहि दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए । अन्य दलहरुले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ । त्यसका लागि आवश्यक निर्णय गर्न आज राष्ट्रिय सभाको बैठक बस्दैछ । राष्ट्रिय सभाको अध्यक्ष नेकपा माओवादी केन्द्रले र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति यसअघनै भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची