काठमाडौं । आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न नेपाली कांग्रेसले राखेको प्रस्ताव अस्वीकृत भएको छ ।
आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको (सर्वदलीय) बैठकमा राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केहि दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए । अन्य दलहरुले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ । त्यसका लागि आवश्यक निर्णय गर्न आज राष्ट्रिय सभाको बैठक बस्दैछ । राष्ट्रिय सभाको अध्यक्ष नेकपा माओवादी केन्द्रले र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति यसअघनै भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान