एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ९६० पुगेको छ । साथै ७२ हजार ५२४ अन्य घाइते भएका छन् ।
पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८२ प्यालेस्टाइनीको हत्या गरेको छ भने १२२ जना घाइते भएका छन् ।
शुक्रवार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दर्जनौँ प्यालेस्टाइनीहरू मारिएका छन् । जसमध्ये अधिकांश बालबालिका र महिलाहरू मारिएका छन् ।
दक्षिणी गाजापट्टीका खान युनिस र रफाह सहरहरूमा भएका धेरै घरहरूलाई निशाना बनाएर गरिएको हवाई आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ फागुन २०८०, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ
गाँजासहित एक भारतीय युवक पक्राउ
‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद