काठमाडौं। बेइजिङ– अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिवार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)का अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको थियो ।ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०।३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।
सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि सन्तुलन आएपनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ ।
परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुअरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुअरीमा उत्पादक मूल्यमा २।७ प्रतिशतले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु