काठमाडौँ । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि दरखास्त माग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।
स्वास्थ्य निर्देशनालयको “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत सामुदायिक विद्यालयमा काम गर्ने गरी नर्स सेवा करारमा लिन लागेको हो । पाँचौँ तहको नर्स पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारले एक स्थानीय तहमा मात्र आवेदन दिनु पर्नेछ । दर्खास्त फारम निर्देशनालयको वेबसाइटमा उपलब्ध छ । आवेदन आगामी चैत १४ गतेसम्म कार्यालय समय भित्र बुझाउन भनिएको छ ।
हेर्नुस् विज्ञापन :


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि