काठमाडौँ । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स नियुक्तिका लागि दरखास्त माग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको हो ।
स्वास्थ्य निर्देशनालयको “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत सामुदायिक विद्यालयमा काम गर्ने गरी नर्स सेवा करारमा लिन लागेको हो । पाँचौँ तहको नर्स पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता अद्यावधिक भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारले एक स्थानीय तहमा मात्र आवेदन दिनु पर्नेछ । दर्खास्त फारम निर्देशनालयको वेबसाइटमा उपलब्ध छ । आवेदन आगामी चैत १४ गतेसम्म कार्यालय समय भित्र बुझाउन भनिएको छ ।
हेर्नुस् विज्ञापन :



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ