काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ
आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना