विराटनगर। मोरङको पथरीशनिश्चरे– ७ लामा टोलमा गएराति १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।१५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या गरेको आरोपमा मोरङ ग्रामथान गाउँपालिका धिरेन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता रंजन दाहालले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा देखिएको विवादका कारण हत्या भएको हुनसक्ने अनुसन्धान अधिकृत बताउँछन् ।थप जानकारी भने प्रहरीले केही बेरपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।मामा घरमा बस्दै आएकी राईको सोमवार राति शौचालय जाँदै गर्दा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।खोटाङको ऐँसेलुखर्क घर भएकी ज्ञानमति मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन् ।उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ