परराष्ट्रमा एक वर्ष सन्तोषजनक रह्यो : एनपी साउद

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १३ : २७
परराष्ट्रमा एक वर्ष सन्तोषजनक रह्यो : एनपी साउद

काठमाडौं। निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो एक वर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । नयाँ समीकरण बनेपछि स्वतः मन्त्रीबाट हटेका साउदले सामाजिक संजालमा लेख्दै झण्डै एक वर्षको कार्यकाल सन्तोषजनक रहेको बताएका हुन् ।

‘झण्डै एक वर्ष मुलुकको परराष्ट्रमन्त्रीका रूपमा जिम्मेवारी बहन गर्दाको अनुभव सन्तोषजनक रह्यो। यो महत्वपूर्ण भूमिका निर्वाह गरिरहँदा राजनीतिक नेतृत्ववर्ग, राष्ट्रसेवक कर्मचारी, कूटनीतिक समुदाय, संचारकर्मी एवं सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त भयो, जसका लागि म उहाँहरू सबैप्रति आभारी छु’ साउदले भनेका छन्।,

‘जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको छ र छिट्टै सकारात्मक नतिजा आउनेमा म आशावादी छु। राष्ट्रहित प्रवर्द्धन गर्ने एवं ठूलो संख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षा गर्ने दिशामा फरक भूमिकामा रहेर पनि  मेरो इमान्दार प्रयास र योगदान जारी रहनेछ। जय नेपाल।’साउद गत वर्ष चैत १७ गते परराष्ट्र मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस