काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।
आसिफ शेख ४७ रनमा आउट भए। १४ औँ ओभरको चौथो बलमा आसिफ एलबीडब्लु धरापमा परेका थिए। नेपालले १४ ओभरमा ३ विकेट गुमाएर एक सय २७ रन जोडेको छ।
पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे। गुल्सन २९ रनमा खेल्दैछन्।नेपालका रोहित पौडेल २५ र कुशल भुर्तेल २० रन बनाएर आउट भए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १२ : ४८
लेखकबाट थप