रौतहट। रौतहटबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।
उनीहरुलाई रौतहटको इशनाथ नगरपालिका १ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र ३ ०१–०२३ च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ