मन्त्रीको संख्या र ठोस प्रस्ताव आए एकीकृत समाजवादी पनि सरकारमा जाने

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १६ : ५४
मन्त्रीको संख्या र ठोस प्रस्ताव आए एकीकृत समाजवादी पनि सरकारमा जाने

काठमाडौं। संख्या र ठोस प्रस्ताव आए नेकपा एकीकृत समाजवादी सरकारमा जाने भएको छ । समाजवादीलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएका छन्। तर गठबन्धनको दल एमालेका अध्यक्ष केपी ओलीसँग सहमति भइसकेको छैन । यसैले प्रधानमन्त्रीले निर्णय गरिसकेका छैनन् ।

‘प्रचण्डले ओलीसँग समाजवादीलाई लानुपर्छ भन्नुभएको छ । तर एमालेसँग कुरा मिलिसकेको छैन भन्ने बुझेका छौं’, नेकपा एकीकृत समाजवादीका एक नेताले लोकान्तरसँग भने, ‘संख्या र सन्तुलनको प्रस्ताव आयो भने हामी पनि सरकारमा जान सक्ने स्वाभाविक अवस्था हो ।

प्रचण्डलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने पुरानो निर्णय पनि हो।’पछिल्लो घटनाबारे छलफल गर्न समाजवादीको सचिवालय बैठक बसिरहेको भन्दै ती नेताले गठबन्धनबाट आएको प्रस्ताव अनुसार हुने बताए ।प्रधानमन्त्री प्रचण्डले पनि कम्युनिस्ट दललाई सकेसम्म सरकारमा नछुटाउने नीति लिएका छन् ।

 

 

जसपाले सरकारमा समस्या ल्याए समाजवादीलाई ल्याएर पनि गठबन्धनलाई बलियो बनाउने तयारीमा प्रधानमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस