प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १४ : ३५
प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सिँचाई आयोजना (सीआईपी) का इन्जिनियर महेश सिंह कठायत, वडा नम्बर ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र सोमवार विशेष अदालतमा दायर भएको हो ।

 

मुगुको साबिकको कालै गा.वि.स. वडा नम्बर ४ हाल सोरु गाउँपालिका वडा नम्बर ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको आरोप पत्रमा उल्लेख छ ।

लागत अनुमान लुकाई इस्टिमेट अनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको पाइएको छ ।उपभोक्ता समितिलाई वास्तविक भए गरेको कार्य भन्दा २६ लाख ८२ हजार १४ रुपैयाँ बढी लिई/दिई भ्रष्टाचार गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस