काठमाडौँ । नयाँ समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शीतल निवासमा पत्र प्राप्त भएसँगै समय यकिन हुने शीतल निवास स्रोतले बताएको छ ।
‘हामी पत्रको प्रतीक्षामा छौँ, पत्र प्राप्त भएपछि शपथको समय निश्चित हुन्छ’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले आजै शपथ गराउँछु भनेर राष्ट्रपतिज्यूलाई जानकारी गराइसक्नु भएको छ ।
’ कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड सोमबार मध्याह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले तीन मन्त्रीको शपथ हुने राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
जसअनुसार प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी गराएका हुन् । गिरी एमालेबाट, तामाङ माओवादीबाट र अर्याल रास्वपाबाट मन्त्री बन्न लागेका हुन् ।
नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा ठोस सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् । बालुवाटार स्रोतका अनुसार ५ बजेपछिमात्रै शपथका लागि पत्र पठाउने तयारी भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ