काठमाडौँ । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार अपराह्न ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए । बैठकको एजेण्डा भने तय भई नसकेको उनले बताए । ‘एजेण्डा बन्दैछ’ उनले भने ।
यसअघि आज बिहान बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकमा सत्ता गठबन्धन फेरबदलबारे छलफल भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काएको आरोप लगाएका थिए ।
आगामी फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोडेपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको थियो । यसले कांग्रेसलाई प्रतिपक्षमा पुर्याएको छ भने नेकपा–एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड सरकारमा जोडिने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल