काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कलंकीस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ ।
जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।
उक्त रकममध्ये सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईंले जग्गा हालसाबिकको काम गरेबापत ५० हजार रुपैयाँ घुस लिएको देखिएकाले चौलागाईंविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा