काठमाडौँ । नागरिक अगुवाको एक समूहले सडक व्यापारीमाथि अन्धाधुन्ध बल प्रयोगप्रति माफी माग्न काठमाडौँ महानगरपालिका र मेयर बालेन साहलाई आग्रह गरेको छ ।
३० भन्दा बढी नागरिक अगुवाले आइतबार मेयर बालेन शाहलाई खुला पत्र लेखी सडक व्यापारीमाथि लाठीको प्रयोग गरी टाउको लगायत शरीरको संवेदनशील भागमा निर्घात प्रहार र नियन्त्रणमा लिएपछि पनि अमानवीय व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।
खुलापत्रमा महानगर प्रमुखको हैसियतले यस मानव अधिकार उल्लंघनको घटनाप्रति जिम्मेवार हुन र त्यस्तो घटना पुनः नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन गरी दोषीलाई कारबाही गर्न बालेनलाई आग्रह गरिएको छ ।‘साथै महानगरले पीडितप्रति माफी मागी उनीहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व पूरा गरोस् भन्ने हाम्रो विशेष माग छ’ खुलापत्रमा भनिएको छ ।
खुलापत्र :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने