काठमाडौँ । नागरिक अगुवाको एक समूहले सडक व्यापारीमाथि अन्धाधुन्ध बल प्रयोगप्रति माफी माग्न काठमाडौँ महानगरपालिका र मेयर बालेन साहलाई आग्रह गरेको छ ।
३० भन्दा बढी नागरिक अगुवाले आइतबार मेयर बालेन शाहलाई खुला पत्र लेखी सडक व्यापारीमाथि लाठीको प्रयोग गरी टाउको लगायत शरीरको संवेदनशील भागमा निर्घात प्रहार र नियन्त्रणमा लिएपछि पनि अमानवीय व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।
खुलापत्रमा महानगर प्रमुखको हैसियतले यस मानव अधिकार उल्लंघनको घटनाप्रति जिम्मेवार हुन र त्यस्तो घटना पुनः नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन गरी दोषीलाई कारबाही गर्न बालेनलाई आग्रह गरिएको छ ।‘साथै महानगरले पीडितप्रति माफी मागी उनीहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व पूरा गरोस् भन्ने हाम्रो विशेष माग छ’ खुलापत्रमा भनिएको छ ।
खुलापत्र :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर